काँग्रेस नेतामाथि आक्रमण प्रकरणः वडाअध्यक्ष मल्लविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा

डिसी नेपाल
२७ भदौ २०७६ २०:५६

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय अभियानको कार्यक्रमका क्रममा बिहीबार बाँकेको खजुरा गाउँपालिकाको कार्यक्रममा हातपात गर्ने खजुरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुमन मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा निवेदन परेको छ। घटनामा घाइते भएकी काँग्रेस बाँकेकी सभापति किरण कोइरालाको परिवारले मल्लविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएको पारिवारिक स्रोतले जनाएको छ।

बिहीबार खजुराको सितापुरस्थित रेडक्रसको भवनमा काँग्रेसको कार्यक्रम जारी रहँदा वडा अध्यक्ष मल्लसहितका नेकपा कार्यकर्ताले काँग्रेस नेता तथा कार्यकर्तामाथि हातपात गरेर कार्यक्रम विथोलेका थिए। घटनामा नेतृ कोइरालाको हात भाँचिएको काँग्रेसले जनाएको छ। अन्य दर्जन नेता तथा कार्यकर्ता घाइते भएको काँग्रेसले जनाएको छ।

बाँके प्रहरी प्रमुख एसपी विरबहादुर वलीले घटनाबारे प्रहरीले अनुसन्धान गर्ने बताए। उनले डिसी नेपालसँग फोनमा भने, ‘यो विषयमा अनुसन्धान जारी छ।’

यही प्रकरणमा प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ।

उता नेपाली काँग्रेसले भने घटनाका दोषीहरुमाथि कारबाहीको माग गर्दै आन्दोलन घोषणा गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवा शनिबार बाँके पुग्ने काँग्रेसले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *