काठमाडौं आईपुग्यो बुद्ध एयरलाइन्सको १३ औं जहाज

डिसी नेपाल
२८ भदौ २०७६ १८:०४

काठमाडौं । बुद्ध एयरलाईन्सले आज थप अर्को ATR-72 जहाज भित्र्याएको छ।

चेन्नाईबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गर्यो।

यससँगै बुद्ध एयरको जहाज संख्या १३ पुगेको छ भने ATR-72 जहाजको संख्या ८।

बुद्धसँग अर्को ३ वटा ATR-42 र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ। बुद्धले थप अर्को जहाज अक्टोबर महिनामा भित्र्याउन लागेको छ।

यस नयाँ जहाजबाट बुद्ध एयरले दशैंअघि नै उडान थाल्नेछ।

आउँदा दिनहरुमा थुप्रै चाँडपर्व दशैं, तिहार र छठका कारण यात्रुहरुलाई आउजाउ गर्न सजिलो हुने कम्पनीले जनाएको छ।

थपिएको जहाजले नियमित मर्मतसम्भारमा सघाउ पुग्ने र उडानहरु नियमित तथा विलम्वलाई छोट्याउन सहयोग पुर्याउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *