जातीय विभेदको पराकाष्ठाः भोजमा गएका दलित लखेटिए
सिराहा । जिल्लाको सिराहा नगरपालिका ११ भलुवाहीमा बुधबार छुवाछूतको कारणले भोज खान गएका एक युवा लखेटिएका छन्।
स्थानीय मुनिया कामतीको बुवा स्व. गढाई कामतीको नैकेशको भोज खान लाईनमा बसेको बेलामा भलुवाहीका दुःखी कामती र योगेन्द्र कामतीले गणेशी महराको छोरा बिरेन्द्र महरालाई ‘दलित’ भएको भन्दै बिचबाट उठाएर गाली गलौच गरेको स्थानीयले बताएका छन्।
त्यसपछि महराले आफू विरुद्ध जातीय भेदभाव गरेको भन्दै जिल्ला प्रहरी कायार्लयमा किटानी जाहेरी दिएका छन्। जाहेरी दिएपछि दुःखी कामती र योगेन्द्र कामतीलाई प्रहरी कायार्लय सिरहाले समातेर ल्याएपछि सिरहा ११ का वडा अध्यक्ष विनोद कुमार कामतीले जमानतमा छोडेको र दुवैजना फरार रहेको बताईको छ।
दुःखी कामती भलुवाहीका मुखिया छन भने योगेन्द्र कामती ४ वटा वडाका कामतीहरूको मुखिया रहेका छन्। केही दिन अगाडि सुखिपुर ५ मा गनौरा मोचीलाई चिया छोएको भनि किसुन यादवले कुटपिट गरेको थिए।
निरन्तर छुवाछुतका घटना बढेपछि संयुक्त दलित मोर्चाका संयोजक शिव कुमार महराले दोषीलाई कानूनको दायरा ल्याई कार्बाहीको माग गरेका छन्।
जातीय छुवाछूतको घटना बृद्धि भईरहेको बेला पीडित पक्षले दोषिलाई कार्बाही नगरिए न्यायका लागि आन्दोलनमा जाने चेतावनी समेत दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment