डडेल्धुरामा पनि भेटियो डेङ्गु
डडेल्धुरा । डडेल्धुरा पनि डेङ्गु रोगका एक जना बिरामी भेटिएका छन्। बझाङको बुङ्गल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ।
उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेङ्गुको लक्षण देखापरेकाले परीक्षण गर्दा डेङ्गु देखापरेको अस्पतालका डा जीवन खरेलले बताए।
‘लगातार १० दिनसम्म ज्वरो आएको, आँखाको नानी दुख्ने, पिसाबमा रातो रगत जस्तो आदि लक्षण देखिएको थियो’, उनले भने, ‘मिल्दो जुल्दो लक्षण देखिएकाले उनलाई परीक्षण गरिँदा डेङ्गु भेटिएको अस्पतालका ल्याब इञ्चार्ज ईश्वरी भुसालले बताए। स्क्रब टाइफस रोग पनि दिनप्रतिदिन बढी रहेको छ।’
डडेल्धुरा अस्पतालमा अहिले दैनिक २५ जनादेखि ३० जनामा स्क्रब टाइफसको लक्षण देखापरेका बिरामी आउन थालेका छन्। दैनिक उपचारमा आउने बिरामीमा प्राय स्क्रब टाइफसका लक्षण देखिने गरेको डडेल्धुरा अस्पतालका डा जीवन खरेलले बताए।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स्क्रब टाइफस रोगको सङ्क्रमण पनि महामारीको रूपमा फैलिन थालेको छ।
अहिलेसम्म पहाडी सात जिल्लाकै बिरामीलाई डडेल्धुरा, कैलाली र कञ्चनपुरका अस्पतालमा जाँच गर्दा ३५ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको तथ्याङ्क बाहिर आएको छ।
डडेल्धुरा अस्तालमा विगत एक हप्तादेखि स्क्रब टाइफस जाँच गर्ने किट सकिएको छ।जसकारणले बिरामीको जाँचमा समस्या उत्पन्न भई रहेको डा खरेलले बताए।
‘आजभोलि दैनिक जसो २५० देखि ३०० बिरामी जाँच गर्न आउँछन्।’ उनले भने, ‘त्यसमध्ये २५ देखि ३० जनामा स्क्रब टाइफसको लक्षण देखिएको छ।’ परीक्षण गर्ने किट सकिए पनि लक्षणका आधारमा उपचार गरिरहेका डा खरेलले बताए।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment