रुपन्देहीमा गोली हानेर एक जनाको हत्या

डिसी नेपाल
२९ भदौ २०७६ १७:२८

काठमाडौं । रुपन्देहीमा गोली हानेर एकजनाको हत्या गरिएकोे छ।

आइतबार दिउँसो साढे २ बजेतिर ओमसतिया गाउँपालिका ३ का महेन्द्र कुर्मीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले डिसी नेपाललाई बताए।

उनका अनुसार घटना रोहणी गाउँपालिकामा भएको हो। ‘लुटेरा समूहले उनी माथि गोली चलाएको हुनसक्ने प्रारम्भिक अनुमान लगाएका छौं।’ उनले भने।

पैसासहित लुटियो भन्ने विषयमा भने पूर्ण रुपमा जानकारी नआएको उनले बताए। ‘घटनास्थलमा प्रहरी परिचालन गरेर अनुसन्धान भैरहेको छ।’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *