पूर्विचौकी गाउँपालिकामा पहिलो पटक शहकारी मार्फत रेमिट्यान्स सेवाको शुरुवात

डिसी नेपाल
२९ भदौ २०७६ १९:३५

पूर्विचौकी गाउँपालिकामा पहिलो पटक शहकारी मार्फत रेमिट्यान्स सेवाको शुरुवात

डोटी । डोटीको पूर्विचौकी गाउँपालिकामा पहिलो पटक शहकारी संस्थामार्फत बिप्रेषण (रेमिट्यान्स) सेवाको शुरुवात गरिएको छ।

पूर्वीचौकी गाउँपालिका १ खिरसैनमा रहेको समाजसेवा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १०औं वार्षिक साधारण सभाको अवसरमा बिप्रेषण सेवाको शुरुवात गरेको हो।

सहकारीको वार्षिक साधारण सभाको अवसरमा पूर्वीचौकी गाउँपालिका १ का वडा अध्यक्ष अँकबहादुर खडकाले बिप्रेषण सेवाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा अध्यक्ष खड्काले बिप्रेषण सेवाको शुरुवात भएसँगै देशका बिभिन्न जिल्लाका साथै भारतमा काम गर्ने कामदाहरुलाई समेत घर पैसा पठाउन सहज हुने बताएका छन्।

बिप्रेषण सेवाको उद्घाटनका क्रममा शनिवार भारतको अहमदावादमा काम गर्दै आएका मकरबहादुर खडकाले खिरसैन निवासी महेन्द्रबहादुर खडकालाई चार हजार रुपियाँ पठाए।

खिरसैनलगायत आसपासका क्षेत्रका अधिकाँस युवाहरु कामका लागि भारतका बिभिन्न सहरमा रहेका कारण सहकारी संस्थामा बिप्रेषण सेवाको शुरुवात गरिएसँगै आफन्तलाई पैसा पठाउन सहज हुने समाज सेवा बहुउद्देश्यीय सहकारी सँस्थाका व्यवस्थापक दिनेश खड्काले बताए।

गुड नेवर्सको आर्थिक तथा प्राबिधिक सहयोगमा सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले सहकारी संस्थाको संस्थागत सुदृढीकरण, नीति निर्माण, व्यवसायिक तथा रणनीतिक योजना निर्माण, बहुउद्देश्यीय भवन निर्माण, घुम्तीकोष मार्फत आयआर्जनका क्रियाकलापहरू सञ्चालन गरी उद्दमशिलता विकासमा सहयोग गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *