असोज २ गतेदेखि भृकुटीमण्डपमा कपडा मेला प्रदर्शनी हुने

डिसी नेपाल
२९ भदौ २०७६ २०:५३

काठमाडौं । स्वदेशमा उत्पादित धागोबाट बनाइएका कपडाको प्रदर्शनी हुने भएको छ।

नेपाल धागो उत्पादक संघले यहि असोज २ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाली धागोबाट उत्पादित कपडाको प्रदर्शनी गर्ने भएको हो।

संघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँच दिने प्रदर्शनीमा नेपालमा उत्पादित धागोबाट बनाइएका कपडा, स्वेटर, सर्टिङ सुटिङ, होजियारी, झुल लगायतका वस्तु राखिने जानकारी दिएको छ।

नेपालमा हाल वार्षिकरुपमा करिब ४० हजार मेट्रिक टन धागो उत्पादन हुने गरेको छ। उत्पादित धागोमध्ये ८० प्रतिशत भन्दा बढी भारत र तेस्रो मुलुकमा निर्यात हुने गरेको छ।

संघका अध्यक्ष पवन गोल्याणले धागो उद्योगमा साना उद्यमीहरुलाई आकर्षित गर्न र स्वदेशी धागोबाट बनाइएका कपडाको बजार प्रबद्र्धनका लागि प्रदर्शनी गर्न लागेको बताए।

नेपालमा हाल संचालनमा रहेका उद्योगमध्ये रिलायन्स, त्रिवेणी, जय र जगदम्बा स्पिनिङ प्रमुख धागो उद्योग हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *