शान्ति पुनस्र्थापना गृहको साधारण सभा सम्पन्न

डिसी नेपाल
२९ भदौ २०७६ २१:१८

काठमाडौं । शान्ति पुनस्र्थापना गृहको २६ औं साधारण सभा तथा २५ औं रजत महोत्सव २०७६ भाद्र २८ गते यसै संस्थाकी सस्थापक अध्यक्ष शान्ता सापकोटाको अध्यक्षतामा भब्यताका साथ सम्पन्न भएको छ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा गोदावरी नगर नगरपालिकाकी उपप्रमुख मुना अधिकारी, मानव बेचबिखन विरुद्ध क्रियाशिल एबीसी नेपालकी संस्थापक अध्यक्ष दुर्गा घिमिरे, महानगरीय परिसरकी उप प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंह चन्द र जन अधिकार संरक्षण मञ्चका निर्देशक सतिस कुमार शर्मा थिइन् ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य र वार्षिक प्रतिवेदन संस्थाका सचिव इन्द्रराज भट्टराईले प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा अर्जुन ढकाल, सतिस शर्मा, दुर्गा सिंह चन्द, दुर्गा घिमिरे, गोदावरी नगरपालिकाको उप–प्रमुख मुना अधिकारीले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथिले शान्ति पुनस्र्थापना गृहसँग सहकार्य गरि काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए।
यस संस्थाका अध्यक्षले मानव बेचबिखन जस्तो मानवता विरोधी अभ्यासको अन्त्यका लागि शान्ति पुनस्र्थापना गृह स्थापना कालदेखि नै विभिन्न क्रियाकलाप मार्फत क्रियाशिल रहेका जानकारी दिए।

विगत २५ वर्षको इतिहासलाई हेर्दा यस संस्थाले मानव बेचबिखनमा परी विभिन्न खाले जोखिममा रहेका महिला तथा बालिकाहरुको उद्धार, परामर्श, सहयोग तथा पुनस्र्थापना गर्ने कार्य गर्दै आएको छ।

गत वर्ष २०७५/०७६ मा यस संस्थाले जम्मा ५८९९ महिला तथा बालकालिकाहरुलाई मानव बेचबिखन तथा सुरक्षित आप्रावासनबारेमा जानकारी प्रदान गरेको छ। त्यस्तै ३२२ महिला तथा बालिकाहरु मानव बेचबिखनको जोखिमबाट उद्धार गरी सम्बन्धित परिवारमा पुनस्र्थापना गरिएको छ।

उक्त अवधिमा नेपाल प्रहरी मार्फत ८ वटा मुद्दा दर्ता भएको र उक्त मुद्दाहरु अदालतमा विचाराधिन अवस्थामा रहेको छ।

कार्यक्रममा एबीसी नेपालकी संस्थापक अध्यक्ष दुर्गा घिमिरेलाई विशेष सम्मान, भारतबाट प्रकाशित हुने राष्ट्रिय साहारा दैनिकका ब्यूरो चिफ अजय प्रताप गुप्ता र मानव बेचबिखन विरुद्ध लामो समयदेखि कलम चलाउने कपिलवस्तुका पत्रकार सीताराम चौधरी, उत्कृष्ट कर्मचारी दीपक के.सी, सुनिता के.सी. र लक्ष्मी चौधरीलाई सम्मान गरिएको थियो। उक्त समारोहको कार्यक्रम कमला पन्थीले सञ्चालन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *