काठमाडौं र पोखरामा ९० हजारसहित १० जना जुवाडे पक्राउ

डिसी नेपाल
२९ भदौ २०७६ २१:३१

काठमाडौं । काठमाडौं महानगरपालिका ६ महाङ्काल डेरा गरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका ३ की २८ वर्षीया रिता राई तामाङको कोठामा जुवातास खेलिरहेका रिता लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनीहरुबाट नगद ६६ हजार १ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र ३ बुक तास प्रहरीले बरामद गरेको गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका ११ रानिपौवा डेरा गरी बस्ने मकवानपुर बाग्मती गाउँपालिका १ का बिष्णु राईको डेरामा जुवातास खेलिरहेका राईलगायत ६ जनालाई नगद २४ हजार ८० रुपैयाँ र ४ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *