सवारी दुर्घटनामा परी ५ जना मृत्यु

डिसी नेपाल
२९ भदौ २०७६ २१:४१

काठमाडौं । कपिलवस्तु, बाणगंगा नगरपालिका १ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा लु ३ त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टर चालक २७ वर्षीय रामु थारु र सोही ठाउँ बस्ने १७ वर्षीय रंजित बोटेको सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल पिपरा पठाइएकोमा थप उपचारको लागि लुम्विनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ।

सर्लाही, बागमती नगरपालिका ८ गिरिटोलस्थित सडकमा बा ३१ प ६८०२ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय पैदलयात्री ईन्द्रबहादुर कुशवारको एडभांस संजिवनि अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको छ।

मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ। चितवन, कालिका नगरपालिका ७ गैडाखोलास्थित सडकमा ना ३ त १३३५ नम्बरको ट्याक्टरले ना ४१ प ९८४९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय बिकाश श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय मुकेस पौडेलको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी चितवन, राप्ती नगरपालिका ४ मार्तल पुलस्थित पूर्वपश्चिम राजमार्गमा युपी २१ सिएन ३१८८ नम्बरको भारतीय ट्रकले ना १२ प ४९०२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती नगरपालिका ६ बस्ने २५ वर्षीय सरोज तामाङको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *