प्रहरीले ज्ञानेन्द्र शाहीलाई यस्तो शर्तमा छाड्यो

डिसी नेपाल
३० भदौ २०७६ १३:१८

काठमाडौँ । आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाही रिहा भएका छन् । उनलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको थियो । आइतवार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेको समयमा हात हालाहाल भएपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि हुलहुज्जत गरेको भन्दै शाहीमाथि नेकपाका युवा कार्यकर्ताले आइतवार आक्रमण प्रयास गरेका थिए । ललितपुर प्रहरी परिसरका अनुसार आगामी दिनमा यस्ता हुलहुज्जत नगर्ने शर्तमा सम्झाइ बुझाइ छाडिएको हो । रिहा भएपछि शाहीले फेरि पत्रकार सम्मेलन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *