छोराको हृदयाघातका कारण अल्पायुमै मृ*त्यु भएपछि पिताले गरे आत्मह*त्या

डिसी नेपाल
३० भदौ २०७६ १३:५८

पाल्पा । पाल्पामा एक वृद्धले छोराको अल्पायुमै मृ*त्यु भएको पीडा सहन नसकी आत्मह*त्या गरेका छन् । रामपुर नगरपालिका वडा नं. १० हेक्लाङका ती पिताले सोमबार बिहान आत्मह*त्या गरेका हुन् । उनका छोरा कृष्णप्रसाद तिमिल्सिनाको शनिबार राती हृदयाघातका कारण मृ*त्यु भएको थियो । कृष्ण पाल्पाको सदरमुकाम तानसेनबाट संचालित सूर्योदय टेलिभिजनका अध्यक्ष थिए ।

कृष्णका पिता भीमराजले घरसँगै रहेको लिचिको रुखमा झुण्डि*एर बिहान तीन बजेतिर आत्मह*त्या गरेको छिमेकी तुल्सीप्रसाद भण्डारीले जानकारी दिए । तीन दिनको अन्तरमा बाबु र छोराको निधन भएपछि अहिले गाउँ पूरै शोकमग्न भएको उनले बताए । पाल्पा सदरमुकाम तानसेनको बारुदखानमा रहेको आफ्नै निवासमा हृदयघातका कारण ४० बर्षीय कृष्णको निधनपछि शोकाकुल ६५ बर्षीय बुवा भीमराज तिमिल्सिनाले आत्मह*त्या गरेका हुन् ।

गाउँका मेहनती कृषक भीमराजले पहिलेदेखि नै छोरा कृष्णप्रति गौरव र सन्तुष्टि व्यक्त गर्थे । तर त्यही छोराको निधन भएपछि निराश भएको छिमेकीहरुले बताएका छन् । उनका छोरा कृष्ण झण्डै ७ बर्षदेखि टेलिभिजनको अध्यक्ष हुनुका साथै तानसनेस्थित मिसन अस्पतालको नर्सिङ कलेज, मिलेनियम कलेज लगायतमा लामो समयदेखि गणित विषयको प्राध्यापक थिए । तानसेनमा श्रीमतीसँगै बस्दै आएका तिमिल्सिना पाल्पामा भद्र, मिलनसार र मेहनेती आशा लाग्दो सामाजिक तथा बौद्धिक युवाका रुपमा चिनिन्थे । कृष्णकी आमा अशक्त छिन् भने भाइबहिनीहरु परिवारसहित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *