अमेरिकी खुफिया एजेन्सी सीआईए परेवाबाट यसरी गराउँथ्यो जासुसी

डिसी नेपाल
३० भदौ २०७६ १४:०१

बीबीसी। अमेरिकी खुफिया एजेन्सी सीआईएले शीत युद्धका क्रममा प्रयोग गरेको खुफिया प्रविधिको विषयमा खुलासा गरेको छ। सीआईएले कसरी परेवालाई तालिम दिएर जासुसीका लागि तयार पारेको थियो भन्ने खुलासा गरेको हो।

परेवालाई सोभियत संघको संवेदशील इलाकामा पुगेर त्यहाँको गोप्य तरिकाले तस्वीर खिच्न सिकाइन्थ्यो। सीआईएका अनुसार परेवालाई झ्यान नजिकै उपकरण राख्ने तालिम पनि दिइन्थ्यो। परेवा बाहेक डल्फिनलाई पनि यो काममा प्रयोग गरिन्थ्यो।

सीआईएका अनुसार जनावर एजेन्सीको खुफिया मिशनलाई सफल बनाउन निकै उपयोगी साबित भएका छन्।
भर्जिनियामा सीआईबीको मुख्यालय छ, त्यसभित्र म्युजियम पनि छ, जसलाई अहिले आम सर्वसाधारणका लागि बन्द गरिएको छ।

मैले एक पटक त्यो म्युजियमा तत्कालीन निर्देशकको अन्तर्वाता गरेको थिएँ र, त्यहाँ धेरै चकित पार्ने चीज पनि थिए। मैले त्यहाँ एक जोडी परेका देखेको थिएँ ती परेवामाथि क्यामेरा बाँधिएको थियो।

त्यो बेला दोस्रो विश्व युद्धसँग सम्बन्धित एउटा पुस्तक लेख्दै थिएँ, जसका लागि म बेलायतका तर्फबाट परेवाको प्रयोग सम्बन्धि जानकारी जुटाइरहेको थिएँ।

सीआईएको म्युजियममा परेवाको जोडीमा लगाइएको क्यामेरालाई देखेर मलाइ मजा लाग्यो। त्यो बेला उनले मलाइ यो विषयमा धेरै जानकारी दिएनन्।

१९७० मा भएको अपरेशनको केड नाम ‘टकाना’ राखिएको थियो। यो अभियानमा परेवाको प्रयोग तस्वीर खिच्नलाई गरिन्थ्यो।

परेवाको विशेषता के हुन्छ भने उनीहरुको स्मरण शक्ति निकै राम्रो हुन्छ। यो सँगै परेवा निकै आज्ञाकारी जीव पनि हो।
परेवालाई कुनै इलाकामा उडाइदिने हो कयौं मिल टाढाको दूरी तय गरेर आफ्नै घर फर्किन सक्छन्। यही कारण सीआईएले आफ्नो मिशनमा परेवालाई प्रयोग गरेको थियो।

यद्यपी परेवालाई हुलाकीको रुपमा प्रयोग गरेको कुरा हजारौं वर्ष पहिला देखि नै सुनिदै आइएको हो। तर परेवालाई जासुसीको रुपमा प्रयोग गर्ने पहिलो प्रयोग पहिलो विश्व युद्धमा गरिएको थियो।

दोस्रो विश्वयुद्ध बेलायती खुफिया विभागको एक कम चर्चामा आएको ब्रान्च एमआई–१४ (डी) ले सुफिया परेवाको सेवा सुरु गरेका थिए।

यो सेवाका क्रममा परेवालाई एउटा डिब्बामा राखेर प्याराशुटमा बाँधेर युरोपको आकाशमा छोडिन्थ्यो। यी परेवासँगै केही प्रश्नको पोको पनि राखिएको हुन्थ्यो।

जानकारीका अनुसार करिव एक हजार भन्दा धेरै परेवा खुफिया जानकारी जुटाएर फिर्ता आउँथे। एसमा बी १ रकेट लन्च गर्ने ठाउँ र जर्मन रेडार स्टेशनको जानकारीसम्म सामेल थिए।

युघपछि बेलायतको खुफिया विभागको संयुक्त कमिटीमा ‘परेवाको उपसमिति’ बनाइएको थियो। यो कमिटीमा शीत युद्धका क्रममा परेवालाई झन् प्रभावकारी तरिकाले प्रयोग गर्ने विचार गरियो।

यद्यपी पछि बेलायतको अधिकाशं अभियान बन्द गरिएको थियो। तर सीआईएले परेवाको शक्तिलाई पहिचान गर्दै परेवाको प्रभावकारी प्रयोग गर्ने सम्बन्धि विचार गर्यो।

अपरेशन टकानाका क्रममा कयौं अन्य जनावर पनि खुफिया काममा प्रयोग भएको जानकारी प्राप्त भएको थियो। केही फाइलमा उल्लेख भए अनुसार सीआईएले एउटा कागलाई यसरी तालिम दियो की त्यो कागले ४० ग्राम भार भएको वस्तुलाई कुनै भवनको झ्यानमा राख्न सक्थ्यो।

एउटा रातो लेजर लाइटमार्फत टारगेटलाई मार्क गरिन्थ्यो र एक खाश बत्तीमार्फत पक्षी फिर्ता आउँथ्यो। एक पटक युरोपमा सीआईएले पक्षीमार्फत एउटा भवनको झ्यालमा जासुरी उपकरण राखेको थियो।

योसँगै सीआईएले के पनि विचार गर्यो भने के विस्तापित हुने पक्षीको सहयोगबाट सोभियत संघले केमिकल हतियारको प्रयोग गरेको छ या छैन भन्ने पत्ता लगाउन सकिन्छ की सकिँदैन?

यस्तो तालिम कुकुरलाई पनि दिइन्थ्यो। यद्यपी यो विषयमा धेरै जानकारी छैन। एउटा पुरानो रिपोर्टका अनुसार ‘अकाउस्टिक किट्टी’ नामक अपरेशनमा एउटा बिरालोमा यस्तो उपकरण लगाइएको थियो जसको आवाज सुन्ने र उपकरण रेकर्ड गर्न सक्थ्यो।

उता १९६० को फाइलको कुरा हो, सीआईएले अन्य मुलुकको बन्दरगाहमा जासुसीका लागि डल्फिनको पनि प्रयोग गरेको थियो। पश्चिमी फ्लोरिडामा दुश्मनका जहाजमा आक्रमण गर्न डल्फिनलाई तयार पारिन्थ्यो।

योसँगै डल्फिनलाई के पनि सिकाइन्थ्यो भने समुद्रमा न्यूल्यिर पनडुब्बीलाई पत्ता लगाउन सकोस वा रेडियोएक्छिटभ हतियारलाई पहिचान गर्न सकोस्।

१९६७ देखि सीआईए आफ्नो तीन कार्यक्रममा ६ लाख डलर भन्दा धेरै पैसा खर्च गरिरहेको थियो। यसमा डल्फिन्स्, पक्ष, कुकुर र बिरालोको प्रयोग गरिन्थ्यो।

सीआईएले आफ्नो अभियानका क्रममा धेरै जनावरको प्रयोग गरेको छ। तीमध्ये सबै भन्दा प्रभावकारी परेवा नै सावित भए।
यही कारण १९७० को मध्यमा सीआईएले परेवासँग सम्बन्धित एक सिरीज नै सुरु गर्यो। परेवालाई अन्य अभियानमा पनि प्रयोग गर्न थालियो। जस्तै एउटा परेवालाई जेलमाथि तैनाथ गरियो भने अर्कोलाई वाशिंटन डिसीमा नौसेनाको व्यारेकमा।

यी अभियानमा प्रयोग हुने क्यामराको मूल्य दुई हजार डलरसम्म थियो। जसको वजन मात्र ३५ ग्राम हुन्थ्यो। परेवामा बाँध्न जुन चीजको प्रयोग गरिन्थ्यो त्यसको वजन मात्र पाँच ग्राम हुन्थ्यो।

जाँचमा के थाहा भयो भने परेवाले नौसेनाको व्यारेकको १४० तस्वीर प्राप्त गर्यो, जसमा आधा तस्वीर राम्रो गुणस्तरको थियो। यी तस्वीरमा गाडी र मानिस निकै सफासँग देख्न सकिन्थ्यो।

विशेषज्ञका अनुसार जुन तस्वीर खुफिया स्टाटेलाइटबाट प्राप्त भएका थिए ती तस्वीरको तुलनामा परेवाले खिचेका तस्वीरको गुणस्तर राम्रो थियो।

यद्यपी परेवाको प्रयोग सधैं के भय भइराख्यो भने यदि कसैलाई परेवामाथि शंका भयो र कसैले उसलाई मारिदियो भने पूरै अभियान प्रभावित हुन्थ्यो।

परेवालाई सेवियत संघमा छोड्न निकै गोप्य तरिका अपनाइन्थ्यो। उनीहरुलाई जहाजको बाटो लुकाएर मस्को ल्याइन्थ्यो। त्यसपछि ती परेवालाई कुनै कोटभित्र राखेर वा कुनै कारको छतमा प्वाल पारेर बाहिर छोडिन्थ्यो।

त्यस बाहेक गुडिरहेको गाडीको झ्यालबाट पनि परेवालाई छोड्ने कोशिश गरिन्थ्यो। परेवा त्यसपछि आफ्नो लक्ष्य नजिकै जान्थ्यो र त्यहाँ काम पूरा भएपछि तालिमका अनुसार आफ्नो घर फर्किन्थ्यो।

सेप्टेम्बर १९७६ को एक मेमोका अनुसार लेलिनग्रादमा एक समुद्री जहाजलाई निशाना बनाइएको थियो, यहाँ सबैभन्दा आधुनिक सोभियत पनडुब्बी तयार गरिन्थ्यो।

यी जासुस परेवाले सीआईएलाई कति खुफिया जानकारी दिए र यसले सीआईएलाई के फाइदा भयो यो रहस्यको विषय बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *