विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन कुलमान घिसिङको सुझाव

डिसी नेपाल
१६ जेठ २०८३ १६:२५

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशभित्रै उत्पादित विद्युत्को खपत बढाउन प्रोत्साहन नीति ल्याउन सरकारलाई सुझाव दिएका छन्।

आज आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्युत् महसुललाई थप न्यायोचित, प्रगतिशील र उपभोक्तामैत्री बनाउँदै लैजान सुझाव दिएका हुन्। आगामी आर्थिक वर्षको बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि पाँच प्रतिशत कर लगाउने व्यवस्थाले स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानलाई कमजोर बनाउन सक्ने उनले आशङ्का व्यक्त गरे।

यसबाट विद्युतीय चुलोलगायत उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासतर्फ निर्भरता बढाउने जोखिम रहेको अध्यक्ष घिसिङको धारणा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *