अमेरिकी उपविदेशमन्त्री सारा रोजर्स आज नेपाल आउँदै
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि आज शनिबार नेपाल आउँदै छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल भ्रमण गर्न लागेकी उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्।
नेपालस्थित अमेरिकी दूतावासले ‘सेभेन समिट ट्रेक्स’सँगको सहकार्यमा आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी काठमाडौं आउन लागेकी हुन्। अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गत जेठ ६ गते गरेको सगरमाथाको सफल आरोहणको सम्मानमा यो समिट आयोजना गरिएको हो।
नेपाल बसाइका क्रममा उपविदेशमन्त्री रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसअघि गत वैशाख महिनामा पनि अमेरिकी सहायक विदेश मन्त्री समिर पाल कपुर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले नेपालको भ्रमण गरी द्विपक्षीय सम्बन्ध, व्यापारिक वातावरण र आर्थिक सहयोगका विषयमा छलफल गरेका थिए। पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरूको लगातार भइरहेको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।







डिसी नेपाल







Facebook Comment