काठमाडौंमा बसभित्रै ११ वर्षकी बालिकामाथि बलात्कार
काठमाडौं। प्रहरीले तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोकमा बसभित्रै ११ वर्षीया बालिकालाई बलात्कार तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
सोही चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका-३ का बा.४ ख ८२ नम्बरको बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका राईले टोखाकी ११ वर्षीया बालिकालाई बसभित्रै बलात्कार गरेको तथा उनकी साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगी छाडेको खुल्न आएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment