दार्चुलामा भूकम्पको धक्का
काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ।
सोमबार राती ८ बजेर १८ मिनेटमा नेपालको दार्चुला र भारतको सिमाना नजिक केन्द्रविन्दु गरेर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्प मापन केन्द्रका अनुसार नेपालमा २०७२ मा गएको भूकम्पपछि हजारौं पटक साना ठूला गरी पराकम्पहरु गएको गएका छन्।
हिजो मात्रै हुम्लामा केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment