सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘एजेन्ट मीट’ कार्यक्रम सम्पन्न

डिसी नेपाल
३० भदौ २०७६ २२:३५

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाडाैँ स्थित एलिस् रिसेप्शन्मा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २०० भन्दा बढी एजेन्टहरुको सहभागिता रहेको थियो।

सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनलगायत सम्पूर्ण व्यबस्थापन समूहको उपस्थिति रहेको थियो।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *