आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …

डिसी नेपाल
३१ भदौ २०७६ ११:१८

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सोमबार भने सुन एकै दिन ११ सय रुपैयाँले बढेको थियो ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *