गाउँपालिका कार्यालय तोडफोडको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ
कास्की। गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन्।
पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित थिए। कार्यालय तोडफोडमा संलग्न रहेको किटानी जाहेरीसहित गाउँपालिकाले उजुरी दर्ता गराएकाले उनीहरुलाई आज बिहान पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगिएको बगरस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाले बताए।
गाउँपालिकाको कार्यालय तोडफोडको आरोपमा उनीहसहित अन्य ४५ विरुद्ध प्रहरीमा उजुरी दर्ता गराइएको गाउँपालिका कार्यवाहक प्रमुख कृष्णकुमारी दवाडीले बताए। कानूनी प्रक्रियाअनुसार गाउँपालिकाको बारेमा सूचना माग गर्दा सूचना नदिएको भन्दै काङ्ग्रेस कार्यकर्ताले गत भदौ २५ गते गाउँपालिकाको बैठक कक्षका केही फर्निचर तोडफोड गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment