रोकिएका हेलिकप्टर एक पर्यटकको सोलुखुम्बुमै मृत्यु भएपछि ७ जना बिरामी बोकेर आएका थिए

डिसी नेपाल
३१ भदौ २०७६ १५:४१

काठमाडौं। सोलुखुम्बुबाट काठमाडौं आउँदै गर्दा मौसम खराब भएपछि काभ्रेमा आकस्मिक अवतरण गरिएका हेलिकप्टरमा बिरामी पर्यटकहरुलाई काठमाडौं ल्याइँदै गरेको थाहा भएको छ । हेलिकप्टरमा ७ जना बिरामी पर्यटक छन् । एक जना केन्याली पर्यटकको सोलुखुम्बुमै मृत्यु भएको थियो । एक जनाको मृत्यु र अन्य बिरामी भएपछि उनीहरुलाई उपचारको लागि तत्काल काठमाडौं पठाइएको थियो ।

सोलुखुम्बु भ्रमणमा आएका केन्याका ३३ वर्षीय गोविंद लखमनको मृत्यु भएको थियो । गएको आइतबार माहाकुलुङ गाउँपालिका–१, थाङ्नेस्थित ‘मेरा गेष्ट हाउस’मा बसेको अवस्थामा बिरामी भई उनको मृत्यु भएको थियो । सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटकसमेत बिरामी परेका छन् ।

मृतकको शव सोलुखुम्बुमै राखेर बिरामी सातैजना विदेशी पर्यकटसहित १ जना गाइडलाई उद्धार गरी आइतबार बिहान साढे ६ बजे कैलाश र एयर डाइनेस्टीको हेलीकोप्टरद्वारा काठमाडौं पठाइएको थियो । बिरामी लिएर उडेका हेलिकोप्टर खराब मौसमका कारण काठमाडौं अवतरण गर्न नसकेपछि काभ्रेमा आकस्मिक अवतरण भएका छन् । अहिलेसम्म पनि ती हेलिकोप्टर काठमाडौं आउन सकेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *