भक्तपुरमा सहकारी चोर्न पसे २ युवक, फुटाउन नसकेपछि ८५ किलोको सेफ नै बोकेर टाप
काठमाडौं । भक्तपुरमा दुई युवकले एक सहकारीको कार्यालयबाट पैसासहित पैसा राख्ने सेफ नै चोरेर भागेका छन् । ८५ किलो तौलको उक्त सेफ चोरेर भागेका ती दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी संस्थाको मूल ढोका फोरेर सेफ चोर्ने दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।
पेप्सिकोला टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी सस्थाको फलामको ८५ किलो तौल भएको सेफ तथा उक्त सेफमा रहेको नगद रु ७ लाख ८९ हजार ९ सय ९२ चोरेको आरोपमा रामेछापका १८ वर्षीय सुनिल थापामगर र २१ वर्षीय दानबहादुर थापा मगर पक्राउ परेका हुन् ।
प्रतिक्रिया
Facebook Comment