एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने कमल थापाको चेतावनी

डिसी नेपाल
३१ भदौ २०७६ १८:१९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन्।

अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट सशक्त आन्दोलन गर्ने घोषणा पनि गरे।

मुलुकको राजनीतिक व्यवस्था र अवस्था माथिनै चुनौति दिने यस्ता खालका गतिविधिलाई परास्त गर्न आफ्नो पार्टी सशक्त भएर लागिपर्ने अध्यक्ष थापाको प्रतिवद्धता छ।

मंगलबार काठमाडौंमा आयोजित ‘एनसेल कर छली प्रकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एनसेल कर छली प्रकरणमा आफू र आफ्नो पार्टीको कुनै पनि संलग्नता नरहेको पनि पटक–पटक दोेहोर्याए।

अध्यक्ष थापाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने सबै निकायमा आफ्नो मान्छे सेटिङ गरेर भ्रष्टाचारीहरुलाई प्रश्रय दिईरहेको आरोप पनि लगाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *