सोलुखुम्बुमा लेक लागेर एक पर्यटकको मृत्यु

डिसी नेपाल
३१ भदौ २०७६ २२:०४

सोलुखुम्बु । मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।

लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ। उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो।

केही दिनयता लगातार वर्षा हुँदा पर्यटकलाई समस्या भएको छ। निरन्तरको वर्षा र बाक्लो हुस्सुका कारण खुम्बु क्षेत्रको भ्रमणमा आएका सयौँ पर्यटक लुक्ला आएर बसेका छन्।

केही पर्यटक झण्डै डेढ घण्टा पैदल यात्रापछि सुर्के आएका छन्। उनीहरु हेलिकप्टरमा काठमाडौँ फर्किने तयारीमा छन्।

आज बिहान चौँरीखर्क र सुर्केबाट विदेशी तथा नेपाली यात्रु लिएर गएका १० हेलिकप्टरले काभ्रेपलाञ्चोक र रामेछापमा आकस्मिक अवतरण गरेका थिए।

शुक्रबारदेखि मौसम प्रतिकूलका कारण खुम्बु क्षेत्रको जनजीवन कष्टकर बनेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *