बाँकेका सबै स्थानीय तहको बजेट सार्वजनिक

डिसी नेपाल
३१ भदौ २०७६ २३:२४

नेपालगञ्ज । बाँकेका सबै स्थानीय तह र कृषि ज्ञान केन्द्रले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम आज नेपालगञ्जमा सार्वजनिक गरेका छन्।

सार्वजनिक गरिएको बजेटमा सबै आठ स्थानीय तहको कूल बजेट छ करोड ७४ लाख तथा कृषि ज्ञान केन्द्रको १२ करोड रहेको छ। ससर्त बजेट कूल ८० लाख रहेको छ।

सिँचाइ, उन्नत बीउबिजनमा अनुदान, कृषक तालीम, प्रविधि हस्तान्तरण, कृषिको भौतिक पूर्वाधार निर्माणलगायत कार्यक्रममा बजेट समेटिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए।

बजेट सार्वजनिक कार्यक्रमको प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले उदघाटन गरेका थिए। उनले स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले काम गर्ने बताए। बजेटको सही सदुपयोगका लागि पारदर्शिता, जवाफदेहिता र जनताको सहभागिता हुनु अति जरुरी मन्त्री पौडेलको भनाइ थियो।

यसैबीच नेपालगञ्जमा आज जिल्लास्तरीय अगुवा च्याउ कृषक भेलाको मन्त्री पौडेलले उदघाटन गरे। उनले प्रदेश सरकारकाले च्याउ खेतीमा संलग्न कृषकलाई सबैखाले सहयोग गर्ने वचनबद्धता व्यक्त गरे। च्याउ उत्पादक किसान सङ्घले भेलाको आयोजना गरेको हो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *