संखुवासभामा जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

डिसी नेपाल
१ असोज २०७६ ७:२७

काठमाडौं। संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर हिँडेको बोलेरो जीप अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्।

धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति  साढे बजे बोलेरो जीप दुर्घटना भएको संखुवासभा प्रहरीले जनाएको छ। ‘राति साढे दश बजे अक्करको भीरबाट जीप अरुण नदीमा खसेको खबर आउने वित्तिकै हाम्रो टोली घटनास्थलतर्फ लागेको छ,’ एक प्रहरीले भने, ‘अक्करको भीरबाट जिप खसेर अरुण नदीमा बेपत्ता भएको अनुमान छ। जीप खसेको ठाउँमा जीपमा सिसाहरु फुटेका छन्। कति नम्बरको जीप हो भन्ने अहिले जानकारी भएको छैन।’

प्रहरीका अनुसार जीपमा दुई महिनाकी बच्चासहित छ जना यात्रु सवार थिए।  बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटाना भएको हो।

रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुनसकेको छ्रैन। अरुण खोलामा बाढीआएका कारण उनीहरुको खोजीमा समेत समस्या भएको छ। गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ। संखुवासभा प्रहरीले घटनाबारे जानकारी भएको र त्यसबारे विस्तृत आइनसकेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *