आज बुधबार, बढ्यो कि घट्यो सुन-चाँदीको भाउ ? हेर्नुहोस्

डिसी नेपाल
१ असोज २०७६ ११:१४

काठमाडौँ । आज बुधबार पनि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सोमबार एकैदिन ११ सय रुपैयाँ बाढेको सुनको भाउ मंगलबार र बुधबार भने स्थिर रहेको छ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *