पहिरोले पुरिएर चार वर्षीय बालकको ज्यान गयो

डिसी नेपाल
१ असोज २०७६ १२:५९

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ ।

बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको हो ।

घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको खोजी गरेका थिए । बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेलापरेको वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए । उनका अनुसार जैसिथोक स्थायी घर भएका तामाङको परिवार पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा एकतले कच्ची घरमा पसल सञ्चालन गर्दै आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *