पहिरोमा पुरिएर एक बालकको मृत्यु, ९ लाख बराबरको धनमाल नस्ट

डिसी नेपाल
१ असोज २०७६ २२:५८

काठमाडौं । बुधबार आएको छुट्टा छुट्टै पहिरोमा परी एकजनाको ज्यान गएको छ भने एउटा घर भत्किदा करिब ९ लाख बराबरको क्षति भएको छ।

काभ्रेमा अविरल बर्षाको कारण आएको पहिरोमा पुरिएर पाँचखाल नगरपालिका ४ फेदी होटल पसल गरी बस्ने मण्डनदेउपुर नगरपालिका ११ घर भएका टेक बहादुर लामाको ४ वर्षीय छोरा सजन लामाको बुधबार बिहान मृत्यु भएको छ।

त्यस्तै बुधबार नै सुनसरी जिल्लामा २÷३ दिनदेखि परेको अविरल बर्षाको कारणले बुधबार बिहान पहिरो आई धरान उपमहानगरपालिका ४ निसाने बस्ने राम प्रसाद राईको घर भत्किँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

पहिरो आएको स्थानमा खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आवश्यक उद्दार कार्य गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *