सुदूरपश्चिममा संविधान दिवसको तयारी

डिसी नेपाल
२ असोज २०७६ ०:०३

धनगढी । संविधान दिवस यही असोज २, ३ र ४ गते यहाँ दीपावली गरी हर्षोल्लासका साथ मनाइने भएको छ।

सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिवस मनाउन गठित प्रचारप्रसार उपसमितिले असोज २ गते मन्त्रालय र सरकारी कार्यालयमा राष्ट्रिय झण्डा र ब्यानर राख्ने, सरसफाइ गर्ने र प्रदेशका अस्पतालले बहिरङ्ग सेवा निःशुल्क उपलब्ध गराउने तयारी भएको जानकारी दिएको छ।

संविधान जारी भएको असोज ३ गते प्रभातफेरीको कार्यक्रमपछि प्रदेश प्रमुखको सलामी अर्पण र मुख्यमन्त्रीको सम्बोधन र असोज ४ गते वृक्षरोपण गर्ने कार्यक्रम तय गरिएको प्रदेश सरकारका निमित्त प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलले बताए।

संविधान दिवस मनाउन मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा मूल समारोह समिति र सो अन्तर्गत विभिन्न उपसमिति गठन गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *