No ads found for this position
No ads found for this position

अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा युभेन्ट्सको बराबरी

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ असोज २०७६ ६:३०
No ads found for this position

एजेन्सी । खेलको अन्तिम मिनेटमा गोल गरेपछि एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सलाई बराबरीमा रोक्न सफल भएको छ ।

हेरेराको गोलसंगै घरेलु टोली एट्लेटिको मड्रिडले युभेन्ट्सलाई २–२ को बराबरीमा रोक्न सफल भएको हो ।दुई गोलले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै एट्लेटिको मड्रिडले खेल बराबरीमा ल्याउन सफल भएको हो ।

जुआन क्वाडराडोले ४८ औ मिनेटमा युभेन्ट्सलाई अग्रता दिलाए । ६५ औ मिनेटमा ब्लाईज मटुडीले युभेन्ट्सको अग्रतालाई दोब्बर बनाएका थिए । तर घरेलु टोली एट्लेटिकोले लगातार दुई गोल गर्दै खेल बराबरी गर्न सफल रह्यो ।

७० औ मिनेटमा स्टेफन साविकले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने कोशिश गरेका थिए । खेलको अन्तिम मिनेटमा हेरेराले बराबरी गोल गर्दै युभेन्ट्ससंग अंक खोस्न सफल भएका थिए ।

युभेन्ट्सले ८६ औ मिनेटमा आरोन राम्सीलाई मैदानमा उतारेको थियो । वेल्सका अन्तराष्ट्रिय खेलाडी तथा आर्सनलबाट युभेन्ट्स आएका राम्सीले नयाँ सिजन टुरिन क्लबबाट च्याम्पियन्स लिगमा देखा पर्न सफल भए । समुह डीको खेलमा दुवै क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *