अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा युभेन्ट्सको बराबरी

डिसी नेपाल
२ असोज २०७६ ६:३०

एजेन्सी । खेलको अन्तिम मिनेटमा गोल गरेपछि एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सलाई बराबरीमा रोक्न सफल भएको छ ।

हेरेराको गोलसंगै घरेलु टोली एट्लेटिको मड्रिडले युभेन्ट्सलाई २–२ को बराबरीमा रोक्न सफल भएको हो ।दुई गोलले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै एट्लेटिको मड्रिडले खेल बराबरीमा ल्याउन सफल भएको हो ।

जुआन क्वाडराडोले ४८ औ मिनेटमा युभेन्ट्सलाई अग्रता दिलाए । ६५ औ मिनेटमा ब्लाईज मटुडीले युभेन्ट्सको अग्रतालाई दोब्बर बनाएका थिए । तर घरेलु टोली एट्लेटिकोले लगातार दुई गोल गर्दै खेल बराबरी गर्न सफल रह्यो ।

७० औ मिनेटमा स्टेफन साविकले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने कोशिश गरेका थिए । खेलको अन्तिम मिनेटमा हेरेराले बराबरी गोल गर्दै युभेन्ट्ससंग अंक खोस्न सफल भएका थिए ।

युभेन्ट्सले ८६ औ मिनेटमा आरोन राम्सीलाई मैदानमा उतारेको थियो । वेल्सका अन्तराष्ट्रिय खेलाडी तथा आर्सनलबाट युभेन्ट्स आएका राम्सीले नयाँ सिजन टुरिन क्लबबाट च्याम्पियन्स लिगमा देखा पर्न सफल भए । समुह डीको खेलमा दुवै क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *