आज सुन एकैदिन ६ सय घट्यो, चाँदी पनि सस्तियो

डिसी नेपाल
२ असोज २०७६ ११:२१

काठमाडौँ । अघिल्लो सातादेखि ओरालो लाग्न थालेको सुनको भाउ आज (बिहीबार) पनि घटेको छ । मंगलबार र बुधबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले घटेको हो । यसअघि सोमबार सुन प्रतितोला ११ सय रुपैयाँ घटेको थियो ।

आज बजारमा छापावाल सुन प्रतितोला ७० हजार ७ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि छापावाल सुन ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *