करिब ६ अर्व आम्दानी गर्ने नागरिक उड्डयन प्राधिकरणको अनुमान

डिसी नेपाल
२ असोज २०७६ १९:१५

काठमाडौं। नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्षमा ५ अर्व ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको बिहीबार काठमाडौंमा बसेको संचालक समितिको बैठकले स्विकृत गरेको नीति, बजेट तथा कार्यक्रममा चालू आर्थिक वर्षमा ५ अर्व ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरिएको हो ।

कूल ४६ अर्व ९६ करोड ५० लाख ९९ हजार कूल बजेट रहेकोमा एरोनोटिकतर्फ ५ अर्व ८३ करोड १९ लाख रुपैयाँ र नन एरोनोटिकतर्फ २ अर्व ४९ करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिइएको पनि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। प्राधिकरणले ६ अर्व ३९ करोड रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा विकासका लागि विनियोजन गरेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलहरुको विकासका लागि करिव २२ अर्व ७३ करोड बजेट विनियोजन गरिएको पनि महानिर्देशक पोखरेलले बताए।

प्राधिकरणले गत आर्थिक वर्षमा अपेक्षाकृत बढि आम्दानी भएको पनि जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *