‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर, चलचित्रकर्मीले के भने ?

डिसी नेपाल
३ असोज २०७६ १२:५५

काठमाडौं। वर्षकै प्रतिक्षितमध्येको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ।

चलचित्रको बिहीबार साँझ काठमाडौंको जय नेपाल हलमा प्रिमियर गरिएको छ। प्रिमियरमा चलचित्रकर्मी तथा मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

चलचित्र हेरिसकेपछि हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्रको कथा, निर्देशकीय क्षमता, प्रस्तुती, कलाकारको अभिनय पर्दामा राम्रोसंग देखिएको बताए।  ‘दर्शकमा जुन अपेक्षा हुन्छ। त्यो चलचित्रले पूरा गर्नेछ’– सितारामले भने। यता कुञ्जनाले धेरैपछि एउटा राम्रो चलचित्र हेर्न पाएको बताइन्।

निर्देशक दीपाश्री निरौलाले चलचित्रले दर्शकलाई बाँध्ने बताइन्। भनिन् –‘एकदमै रमाईलो लाग्यो। यत्तिको चलचित्र बनाएपछि दर्शकले गाली गर्नुहुन्न।’ अभिनेत्री वर्षा राउतले चलचित्रले दर्शकको पैसा असुल गर्ने बताइन्।

त्यस्तै निर्माता माधव वाग्ले, हाँस्य कलाकार सन्दीप क्षेत्री, अभिनेता स्रजोग कोइराला लगायतले एउटा मौलिक कथामा उत्कृष्ट चलचित्र बनेको बताए।

प्रिमियरमा अभिनेत्री शिल्पा पोखरेल, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, मोडल एलिसा राई, निर्माता अर्जुन कुमार, रोहित अधिकारी लगायतको उपस्थिति थियो।

यस्तै, चलचित्रका मुख्य कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल लगायतका कलाकार पनि हल पुगेका थिए।

‘कबड्डी कबड्डी कबड्डी’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

-तस्वीर सौजन्य : सुरेन्द्र थापा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *