सुशान्त र ज्याकलिनको फिल्म ‘ड्राइभ’ नेटफ्लिक्समा
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत र ज्याकलीन फर्नाडिस स्टारर बहुप्रतिक्षित चलचित्र ड्राइभ चलचित्र हलमा नआउने भएको छ । यस चलचित्र भिडियो स्ट्रीमिङ एप्लीकेसन नेटफ्लिकसमा आउने बताइएको छ । तरुण मनसुखानीको निर्देशन रहेको यस चलचित्र नेटफ्लिक्सका प्रदर्शन हुने पहिलो चलचित्र हुने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
चलचित्रमा सुशान्त–ज्याकलीनका साथै बोमन ईरानी, पंकज त्रिपाठी, विभा छिवर, सपना पब्बी र विक्रमजीत मुख्य भूमिकामा रहेका छन् । करण जौहरले शनिवार ट्वीटरमा एक ट्वीट गर्दै भनेका छन्, ‘ड्राइभमा हामीले अर्को गियर लगाएका छौं, छिट्टै नै नेटफ्लिक्स स्क्रीनमा सार्वजनिक गर्नेछौं ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment