निर्माण आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीयलाई मन्त्री पुनको आग्रह

डिसी नेपाल
५ असोज २०७६ १६:३७

काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले स्थानीय जनताले विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन आग्रह गरेका छन्।

काठमाडौँमा भएको जलविद्युत सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले विकास आयोजनामा स्थानीय जनताले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका हुन्।

पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउदा लगानी मैत्री बातावरण बिग्रिएको भन्दै मन्त्री पुनले विकासमा अवरोध हुन नदिन सबै सचेत हुनुपर्ने बताएका हुन्।

कुनै नयाँ आयोजना गाउँमा आउना साथ धेरै भन्दा धेरै पैसा निकाल्नु पर्छ, स्कूल भवन, बाटो, सडक बनाउ भनेर दुख दिदा लगानीकर्ता निराश भएर भाग्ने आवस्था आउन नदिन स्थानिय नै सजग हुनुपर्ने उनले बताए।

केन्द्रीय सरकार वा स्थानीय सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने प्रयासलाई स्थानीय जनताले व्यवहारिक रुपमा विकासमैत्री लगानी मैत्री वातावरण बनाउन आवश्यक रहेको बताए।

यस्तै कार्यक्रममा मन्त्री पुनले आयोजना निर्माणकर्ता र लगानीकर्ताले स्थानीयसँग समन्वय गरेर निर्माण प्रक्रिया अगाडी बढाउन आग्रह गरे।

मन्त्रालयमा धेरै डेलिगेसन आयोजना निर्माण पक्षले स्थानीयलाई सरोकार नै नराखी समन्वय नगरी काम अगाडी बढाउदा अप्ठेरोमा परेको गुनासो बोकेर धेरै आउने गरेको बताए।

आयोजनाहरुको सार्वजनिक सुनुवाई नाम मात्रको गर्ने,प्रभावित जनता बसेको स्थानमा नगर्ने, वातावरणीय प्रभाव मुल्यांकन हचुवाको भरमा गर्ने, स्थलगत अध्ययन र स्थानीयको सहभागिता नराखी गरिने भन्दै मन्त्री पुनले आयोजना निर्माण पक्षले सरकारले तोकेको र गर्नु भनेको सम्पूर्ण काम बास्तविक रुपमा गर्न आग्रह गरे।

तोकेको प्रक्रियाले स्थानीयमा अपनत्व बढाउने भएकोले स्थानीयलाई साथमा लिनुको बिकल्प नरहेको बताए।

कार्यक्रममा मन्त्री पुनले मोदी खोलाका जलबिद्युत आयोजनाहरुले परेको वातावरणीय प्रभाव मुल्यांकन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरेका थिए।

सरकारले बिद्युत ऐन सम्बन्धि मस्यौदा तयार गरि सार्वजनिक प्रतिक्रिया र छलफलको लागि मन्त्रालयको वेब साइटमा राखेको भन्दै अध्ययन गरि सुझाव दिन आग्रह गरे।

मन्त्री पुनले बिद्युत ऐनको मस्यौदामा बिद्युत उत्पादनमा सबै तहका सरकारले उत्पादन विकास र वितरण समेत गर्न सक्ने गरि अधिकार बाँडफाँड गरेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *