डेङ्गुको सङ्क्रमणबाट एक महिलाको मृ*त्यु

डिसी नेपाल
६ असोज २०७६ ६:२३

रुपन्देही । डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीको सैनामैनामा एक महिलाको मृत्यु भएको छ।

सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज मृत्यु भएको अस्पतालले जनाएको छ।

शुक्रबारदेखि ज्वरो आएपछि परियारलाई स्थानीय मेडिकलमा उपचार गरिए पनि सुधार नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

जिल्लामा डेङ्गुको सङ्क्रमणबाट दुई हप्ताअघि पनि एक महिलाको मृत्यु भएको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *