अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा अमेरिकाको कोलोराडोमा गरियाे विश्व शान्तिको कामना

डिसी नेपाल
६ असोज २०७६ ७:४१

कोलोराडो।अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा अमेरिकाको कोलोराडोमा विभिन्न देशका नागरिकहरूले विश्व शान्तिको कामना गरेका छन् । गत शनिवार कोलोराडोेस्थित लङमन्ट शहरमा सात देशका नागरिक भेला भएर मानव निर्मित बिकासका माध्यमबाट विश्वमा अशान्ति फैलिँदै गएको भन्दै संयुक्त रुपमा विश्व शान्तिको कामना गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ मा संसारभर शान्ति दिवस मनाउने गरिन्छ राष्ट्रसंघले सन् १९८१ मा सेप्टेम्बरको तेस्रो मंगलबार अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषण गरे अनुसार १९८२ देखि सेप्टेम्वर २१ मा यो दिवस मनाउन थालिएको हो ।

कोलोराडोमा युनिभर्सल पिस क्रेटर्स र लङमन्ट हिमालयन लायन्स क्लबको संयुक्त आयोजना तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा ‘युनिटी फर पिस सेलिब्रेसन’ कार्यक्रमको आयोजना गरिएको थियो ।

अमेरिकी आदिवासीहरूले विश्व शान्तिको कामना गर्दै विधिपूर्वक पूजाआजा गरेर शुरु गरेको कार्यक्रममा नेपाली, भारतीय, क्यारेडियन, मेक्सिकन, ब्राजिलियन, तिब्बतियन र लाओसीलगायतका मुलुकका नागरिकहरू सहभागी थिए । उनीहरूले विश्व शान्तिको कामना गर्दै आ–आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्थानीय संस्थाका प्रतिनिधि म्याग्नोलीया ल्याण्न्स पोसासले मानव निर्मित विकासका कारण विश्व असुरक्षित बन्दै गएको भन्दै समाधानका उपायहरुसहित तयार पारिएको कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा लङमन्ट शहरका मेयर ब्रेन व्याग्ली, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी, स्थानीय सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम स्थलको हातामा बिभिन्न जातका ५ वटा वृक्षरोपण गर्दै सम्पन्न कार्यक्रममा सहभागीहरूलाई बिभिन्न देशका खानाका परिकारहरू निशुल्क वितरण गरिएको लङमन्ट लायन्सका पूर्व अध्यक्ष एवं लायन्स ६ नर्थ ईष्टका जोन चेयर पर्सन प्रमोद श्रेष्ठले बताए।

अश्विनी श्रेष्ठ र सक्सिडले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा युनिभर्सल पिस क्रेटर्सका अध्यक्ष ईभेत लार्रेयाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विश्व दिन प्रतिदिन असुरक्षित बन्दै गएकोले सबैले हातेमालो गर्दै यसलाई सुरक्षित बनाउन अनुरोध गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *