चितवनको कार्टुन उद्योगमा आगलागी

डिसी नेपाल
७ असोज २०७६ ८:०५

चितवन । भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनीमा (कार्टुन बनाउने उद्योगमा) आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ः३० बजे विद्युत् चुहावट भई आगलागी भएको थियो।

भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

महानगरपालिकाको, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *