‘सनराईज फष्ट म्युचुअल फण्ड’ मा लगानी गर्दै सनराईज बैंक

डिसी नेपाल
७ असोज २०७६ १८:२१

काठमाडौं । सनराईज बैंकले सनराईज क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको ‘सनराईज फष्ट म्युचुअल फण्ड’ बाट सेयर बजारमा दीर्घकालीन सोचका साथ लगानी गर्ने जनाएको छ ।

बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज ८ गतेदेखि एक अर्व रुपैयाँ बराबरको १० करोड इकाई युनिट सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको जानकारी गराएको हो ।

सेयर बजारमा लगानी गर्ने सही समयमा फन्ड संचालन गर्न लागिएकाले सो फण्डले उचित प्रतिफल दिने सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले दावी गरे।

बैंकले सेयर बजार नघटने निष्कर्ष निकाल्दै लगानीकर्ताहरुलाई सो फण्डबाट वार्षिक २४ प्रतिशत प्रतिफल र औंसत वार्षिक १४ प्रतिशत लाभांश दिने प्रक्षेपण पनि गरेको छ ।

सनराईज फण्डले कूल निष्काशन गर्न लागेको १० करोड ईकाई मध्ये १५ प्रतिशत ९१ करोड ५० लाख प्रवद्र्धक सनराईज बंैकलाई सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणका लागि विक्री गर्न लागिएको पनि सनराईज क्यापिटलले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *