शेयर बजार लगातार ओरालो

डिसी नेपाल
८ असोज २०७६ १९:४५

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार पनि पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.०३ अङ्कले घटेर एक हजार १३१.५३ मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ परिसूचक पनि ०.७१ अङ्कले घटेर २४७.७० मा पुगेको थामिएको छ । परिसूचक घटेसँगै कारोवार रकममा पनि भारी गिरावट आएको छ । बुधबार कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर रु १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई समूहको मात्र शेयर उकालो लागेको छ । दश उपसमूहको शेयर भने ओरालो लागेको छ । लघुवित्त ०.८ र अन्य उपसमूहको शेयर ३.१९ अङ्कले बढेको छ ।

यसैगरी बैंकिङ ४.८३, व्यापार २.३७, होटल २.२९, विकास बैंक ३.२९, जलविद्युत् १.४५, वित्त ३.४८, निर्जीवन बीमा २२.४४, उत्पादन ३.२७, जीवन बीमा ३.०८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले घटेको छ ।

बुधबार कुनै पनि कम्पनीको शेयर एक करोडमाथि कारोवार हुन सकेन । कारोवार रकमका आधारमा बुधबार सानिमा बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ८६ लाख ५६ हजार २२९ मा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो ।

यस्तै नेपाल बैंकको रु ८३ लाख २४ हजार ५११, प्रभु बैंकको रु ६८ लाख १८ हजार १९१, नेपाल लाइफ इन्स्योरेन्सको रु ५९ लाख ६३ हजार ७४० र एनआइसी एशिया बैंकको शेयर रु ५८ लाख चार हजार २०९ मा खरीद बिक्री भयो ।

परिसूचक घटे पनि खानीखोला हाइड्रोपावरका शेयरधनीले ९.४३ प्रतिशतले कमाए । यस्तै कर्णाली डेभलपमेन्ट बैंक ३.०३, माउन्टेन हाइड्रो नेपाल २.५६, देव विकास बैंक २.३८, अरुण कावेली पावर २.३१ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दुई प्रतिशतले कमाए ।

यसैगरी तिनाउ मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.९६ प्रतिशतले गुमाउँदा प्रोग्रेसिभ फाइनान्स ५.७६, गुराँस लघुवित्त वित्तीय संस्था ४.०४, सिर्जना फाइनान्स ३.०३, हिमालयन जनरल इन्स्योरेन्स २.९३ र सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले २.८९ प्रशितले गुमाए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *