सरकारी जग्गा किर्ते गरी कम्पनीको नाममा बनाएको अभियोगमा ६ जना पक्राउ

डिसी नेपाल
८ असोज २०७६ २३:२०

काठमाडौं । काठमाडौं चन्द्रगिरी नगरपालिका २ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा त्रिपुरा सुन्दरी गाउँपालिका ३ मुलपानी घर भएका ५० वर्षीया मिना कुमारी थापा, उक्त हाउजिङका संचालक काठमाडौं तारकेश्चर नगरपालिका १० मा डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका ५ दानसिङका ४१ वर्षीय राम कुमार सुयाल थापा, ललितपुर गोदावरी नगरपालिका(१४ वाडेगाउँ बस्ने कैलाली चुरे गाउँपालिका ६ घर भएका ४६ वर्षीय राम बहादुर शाह, काठमाडौं महानगरपालिका १६ बस्ने नागार्जुन नगरपालिका ७ घर भएका तत्कालिन मालपोत अधिकृत ५५ वर्षीय शिव प्रसाद रिमाल, काठमाडौं महानगरपालिका १४ कुलेश्वर बस्ने गोरखा सिरानचौक गाउँपालिका १ घर भएका कानुन व्यवसायी ५१ वर्षीय बाबुराम शर्मा रेग्मी र काठमाडौं बुढनिलकण्ठ नगरपालिका १२ कपन बस्ने ओखलढुङगा चिसंखुगढी गाउँपालिका ८ घर भएका ४६ वर्षीय योगेन्द्र पोखरेल रहेका छन्।

उक्त सरकारी जग्गालाई राम बहादुरको योजनामा मिनाको नाममा नक्कली जग्गाधनी प्रमाण पूर्जा बनाइ उक्त जग्गालाई कम्पनीको नाममा विक्रीको करारको कागजातहरु तयार पारेको अनुसन्धानबाट खुल्ला आएको छ।

पक्राउ परेका ६ जनालाई लिखत सम्बन्धि कसुर तथा संगठित अपराध मुद्दामा आवश्यक कारवाही लागि जिल्ला सरकारी वकील कार्यालय काठमाडौं पेश गरिएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *