सुनको भाउ आज एकै दिन १००० घट्यो, चाँदीको पनि खस्कियो

डिसी नेपाल
९ असोज २०७६ ११:१०

काठमाडौँ । आज (बिहीबार) सुनको भाउ ह्वात्तै घटेको छ । बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको भाउ आज एक हजार रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन ७२ हजार तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थयो।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *