काठमाडौंमा ‘थाई फेस्टिवल’ हुने

डिसी नेपाल
९ असोज २०७६ १६:३३

काठमाडौं। काठमाडौंमा ‘थाई फेस्टिवल’ आयोजना हुने भएको छ । काठमाडौंस्थित थाइल्याण्डको दुताबासले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज ११ गते शनिबार काठमाडौंको होटल सांग्रिलामा सो फेस्टिवल आयोजना गर्न लागिएको जानकारी गराएको हो । दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सो फेस्टिवल आयोजना गर्न लागिएको नेपालका लागि थाई राजदुत भकवत तन्सकुलले जानकारी दिए।

फेस्टिवलमा थाई खाना मुख्य आकर्षणको रुपमा राखिनेछ । राजदुत भकवतले थाई कल्चरसँग सम्बन्धित कला पनि सो फेस्टिपलमा प्रर्दशन हुने बताए। फेस्टिवलमा ‘लक्की ड्र’ मार्फत् एक जनालाई थाईल्याण्ड भ्रमणको लागि ‘टु वे’ टिकट उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

थाई दुतावासले नेपालमा पहिलो पटक सन् २०१७ मा यो फेस्टिवल आयोजना गरेको थियो । थाईल्याण्ड सरकारकै योजना अनुसार विश्वभर थाई फेस्टिवल हरेक वर्ष मनाउने गरिएको पनि थाई दुतावासद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *