सिटी एक्सप्रेस मनी ट्रान्सफर र बेलायतको इजेट रेमिटबीच रेमिट्यान्स कारोबार शुरु

डिसी नेपाल
९ असोज २०७६ १६:४७

काठमाडौं। बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी Ez Remit (BFC Bank) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिट्यान्स कारोबर शुरु भएको छ । कुवेत, बहराईन मलेशिया, भारत, बेलायतलगायत विश्वभरी रहेको Ez Remit (BFC Bank)को ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिने छ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धनिर्देशक चन्द्र टण्डन र Ez Remit (BFC Bank) को तर्फबाट प्रमुख वित्तिय अधिकृत एम मल्लिकले हस्ताक्षर गरेका छन्।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट ७००० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *