आज फेरी घट्यो सुनको भाउ, तोलाको कति?

डिसी नेपाल
१० असोज २०७६ १२:०९

काठमाडौँ । आज (शुक्रबार) पनि सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको भाउ आज दुई सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ७० हजार ८ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *