सरकारको उर्दी – ‘इ–सेवाबाट हवाई टिकट खरिद नगर्नू’

डिसी नेपाल
१० असोज २०७६ १२:१७

बुटवल। प्रदेश नम्बर ५ सरकारले इ–सेवाबाट हवाई टिकट नकाट्न उर्दी जारी गरेको छ । यदि सो नियमको उल्लंघन गरी टिकट काटी कारोबार गरेमा कारबाही गर्ने भएको छ ।

बुधबार प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै अनुमति नलिइ इ–सेवाबाट हवाई टिकट काटी व्यवसाय गर्नेलाई कारबाही गर्ने जनाउँदै सूचना सार्वजनिक जारी गरेको छ ।

इ–सेवाको प्रयोग गरी कानुनअनुसार दर्ता नभएका व्यावसायिक फर्महरूले हवाई टिकटको बिक्री वितरण गरेको गुनासो आएसँगै मन्त्रालयले सो सूचना जारी गरेको जनाएको छ । सूचनामा पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली ई–सेवालगायतका ई–टिकटिङबाट हवाई टिकटिङको कारोबार गरेको पाइएमा २० हजार जरिवानासहित कारोबार बन्दसमेत हुनेछ ।

मन्त्रालयले इजाजत लिएर हवाई टिकटिङको कारोबारमा इजाजत नलिइकन कानुनतः अबैध रूपमा कारोबार गरिरहेका व्यक्ति, संघ–संस्था तथा फर्मलाई अवैध रूपमा कारोबार नगर्न समेत आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *