माघको पहिलो साता नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना हुँदै

डिसी नेपाल
११ असोज २०७६ ११:३७

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा आगामी जनवरी १७ देखि १९ सम्म (माघ ३–५) भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना हुने भएको छ।

राजधानीमा शुक्रवार आयोजित कार्यक्रममा एक्स्पो आयोजना सम्बन्धी सम्झौता पत्रमा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे तथा इन्नो रेग ग्रुप अफ कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशप्रसाद दशमानाले हस्ताक्षर गरे।

सोही अवसरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले महासंघले आफ्नो इतिहासमा नै पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सफल पार्न सबैलाई आग्रह गरे।

“निर्माण क्षेत्रमा रुची राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा निर्माण व्यवसायीहरुका लागि एक्स्पो कुम्भ मेला हुने अपेक्षा हामीले लिएका छौं” अध्यक्ष सिंहले भने।

विश्व बजारमा आएका नयाँ नयाँ निर्माण उपकरणबारे अवगत गराउन समेत एक्स्पो उपयुक्त मञ्च हुने अध्यक्ष सिंहको भनाइ थियो । एक्स्पो मार्फत् सरोकारवालाहरुबीचको द्धिपक्षीय तथा बहुपक्षीय सम्बन्ध सहित व्यापार, लगानीको वातावरण र व्यापारिक सम्बन्ध समेत अझ प्रगाढ बन्ने महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *