न्यूयोर्क सिटीसँग फिडेल क्यास्ट्रोको गोप्य प्रेम

डिसी नेपाल
१२ असोज २०७६ २३:२४

वाशिङ्टन (बीबीसी) । म्यानहट्टनको माथिल्लो पश्चिमी क्षेत्रमा बनेका हजारौं अन्य घर जस्तै देखिन्छ ८२ औं स्ट्रीटको घर नम्बर १५५। खैरो बालुवा र ढुंगाबाट बनको यो घर भिक्टोरियन शैलीमा बनाइएको छ, जो यहाँ सामान्य कुरा हो। तरपनि यो भवन विशेष छ। किनकी १९४८ मा यहाँ २२ वर्षीय युवा ल ग्राजुएट फिडेल क्यास्ट्रोले हनीमून मनाएका थिए।

क्यास्ट्रो हवनाका चर्चित विद्यार्थी नेता थिए, तर १९४८ मा कसैले सोचेको थिएनकी उनी छिटै आफ्नो देशमा क्रान्तिको नेतृत्व गर्नेछन्, २० औं शताब्दिका एक चर्चित व्यक्ति बन्ने छन् र क्यूबालाई अमेरिकासँग शीत युद्धमा धकेल्नेछन्, जो हालसम्म जारी छ।
१९५८ मा क्यास्ट्रो पहिलो पटक अमेरिकाको यात्रामा थिए र उनलाई तुरुन्त न्यूयोर्कसँग प्रेम भयो। उनी त्यहाँका सबवे र गगनचुम्बी भवन र गोमांस आकारदेखि हैरान थिए।

अमेरिकामा साम्यावाद विरोधी माहोल भएपनि उनी न्यूयोर्कमा पुस्तकका कुनै पसलबाट कार्ल माक्र्सको ‘दास क्यापिटल’ किन्न सक्थे। क्यास्ट्रो र कुलीन वर्गकी उनकी पहिला श्रीमती मिर्ता डियाज बलार्ट तीन महिनासम्म न्यूयोर्कको यो मनमोहक घरमा बसेका थिए। यूक्रेनको अर्थोडक्स चर्चका अगाडि अझै पनि यो भवनछ। करिब ७ दशकहरुमा यहाँ भाडा बाहेक अन्य केही पनि परिवर्तन भएको छैन। म क्यास्ट्रोका कैयौं न्यूयोर्क भ्रमणका तोडिएका कडिहरुको खोजी गरिरहेको थिएँ। १९६० मा अमेरिकाले उनलाई भिलेन बनाउन शुरु गरेको थियो। उनको साम्यावादी सुधारले छिटै उनलाई सोभियत संघको प्रिय बनाइदियो। उनीहरुको गठबन्धन १९६२ मा क्यूबा मिसाइल संकटको कारण बन्यो जब दुनियाँ परमाणु महाविनाश नजिक पुगेको थियो।

क्यास्ट्रोको न्यूयोर्क भ्रमणहरुको बेहोरा खोज्नेक्रममा एम्सटर्डम एभेन्यूमा मलाई उनको क्रान्तिकारी कार्यालय फेला पर्यो। ७ वर्षपछि १९५५ मा फिडेल क्यास्ट्रो दोस्रो पटक म्यानहट्टन आएका थिए। क्यूबाका तानाशाह फुलखेंशियो बाटिस्टाका विरुद्ध असफल विद्रोह गरेपछि उनी क्यूबाबाट निर्वासित मानिसहरुबीच लोकप्रिय भए। उनी २९ वर्षका भइसकेका थिए र डियाज बालार्टसँग उनको सम्बन्ध बिच्छेद भएको थियो। स्यांटियागोमा सशस्त्र विद्रोह र एक ब्यारेकमा आक्रमणपछि क्यास्ट्रो जेलमा थिए। त्यहिँबाट उनले एक अर्की महिलालाई प्रेम पत्र लेखेका थिए, जुन डियाजको फेला परेका थिए।

क्यास्ट्रो न्यूयोर्कमा रहेका क्यूबाली समाजका मानिसहरुसँग क्रान्तिका लागि फण्ड जम्मा गर्न आएका थिए। दानमा प्राप्त भएको रकमबाट उनले आफ्नो क्रान्तिकारी संगठन एम–२६–७ का लागि म्यानहट्टनमा कार्यालय स्थापना गरेका थिए। म्यानहट्टनको माथिल्लो पश्चिमी किनारा त्यो बेला प्रगतिशील विचारकको गढ मानिन्थ्यो, आजभोलीको जस्तो धनी उदारवादीको होइन।

संगठनका सदस्यहरुले माथिको झ्यालमा काला र राता रंगका क्रान्तिका झण्डा लगाएका थिए र अमेरिकी विश्वास पात्रलाई पर्चा बाँड्थे। क्यास्टोले र उनको हतियारबन्द गुल्लिा विद्रोहमा सहभागी हुन उनका विश्वास पात्रको संख्या बढेको थियो। २ डिसेम्बर १९५६ मा चे ग्वारा यहीँ पुगेका थिए। मैले एक पुरानो पर्चामा यहाँको कार्यालयको ठेगना फेला पारेको थिएँ।

एम्सटर्डम एभेन्यूको ७५ औं र ७५ औ सडकका बीचमा ३०५ नम्बरको भवनका बीचमा हाल एक चिनियाँ मसाज पार्लर छ। भित्र जाने हतारमा म एक ढोकमा ठोक्किएँ। त्यहाँकी परिचारिका मलाई देखेर मुस्कुराई। मैले हाँस्दै उसलाई सोधेँ – के थाहा छ, यहाँ कुनैबेला फिडेल क्यास्ट्रको कार्यालय थियो?
अमेरिकी कानूनअनुसार क्यूबाका क्रान्तिकारीहरुलाई क्रान्तिका लागि फण्ड जम्मा गर्ने हक थियो तर, उनीहरु गुरिल्लाको भर्ना गर्न सक्दैन थिए। यति हुँदाहुँदै पनि कोलम्बीयाका केही छात्रहरु गर्मीको विदामा गुरिल्लाका रुपमा आफ्नो सेवा दिनका लागि त्यहाँ ढोकामा उभिरहन्थे।

मेरो प्रश्नमा अटेण्डेण्ट मुस्कुराई र विस्तारै अंग्रजी आउँदैन भनी। एक् वृद्ध चिनियाँ मानिस बाहिर आए। उनले हामीलाई शान्त रहन भने। ‘तिमि ग्राहकहरुलाई हैरान गरिरहेका छौं, तिमिलाई मसाज चाहिएको हो वा अरु?’

चर्चित ऐतिहासिक वा साहित्यिक व्यक्तिहरुको पदचापमा हिँड्नु र देख्नु यात्राका क्रममा शान्ति प्राप्त हुन्छ। मैले हवाईको नजिक जर्जिष ओकीफेलाई खोजेँ, स्विट्जरल्याण्डमा लर्ड बायरनलाई खोजेँ र मेक्सिीको सिटीमा लियोन ट्रोटस्कीको पदचाप खोजेको थिएँ।

यस्ता खोजहरुले चर्चित पर्यटन केन्द्रतर्फ लैजान्छ। ऐतिहासिक कथा यसको आकर्षण हुन्छन्। केही पटक यस्तो स्थानमा पनि पुगिन्छ जसको बारेमा कहिल्यै पनि सुनिएको हुँदैन।

न्यूयोर्कमा क्यास्ट्रोबारे खोजी गर्ने बिचार ममा त्यो बेला आयो जब मैले आफ्नो पुस्तक ‘क्यूबा लिब्रेः चे, फिडेल एण्ड द इम्प्रोबेबल रेभोल्यूशन द्याट चेन्ज्ड वल्र्ड हिस्ट्री’ को लागि अध्यायन गरिरहेको थिएँ। दुई वर्षसम्म म हवाना आउँदैजाँदै गरे। म ऐतिहासिक प्रमाण खोजिरहेको थिएँ। नब्बे वर्ष भइसकेका गुरिल्लाहरुसँग भेट्न सकुँ।

जब २० औं शताब्दीका सबैभन्दा असाधारण र करिश्माई व्यक्तित्वमा एक फिडेल क्यास्ट्रोलाई बुझ्ने पालो आयो म यो थाहा पाएर हैरान भएँकी सबैभन्दा महत्वपूर्ण स्थान मध्ये न्यूयोर्क त मेरो घरभन्दा केही टाढामात्र थियो। क्यूबाका बारेमा लेख्ने धुनमा म हराएको थिएँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *