ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको नेपाल परिवार दलद्वारा बिरोध

डिसी नेपाल
१३ असोज २०७६ ९:०९

काठमाडौं। नेपाल परिवार दलले अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणप्रति आपत्ति जनाएको छ। परिवार दलले आइतबार एक विज्ञप्ति जारी गर्दै शाहीमाथि भएको आक्रमणको विरोध जनाएको हो।

जारी विज्ञप्तिमा भनिएको छ–चितवनमा ज्ञानेन्द्र शाही माथि भएको कुटपिटको नेपाल परिवार दल निन्दा गर्दछ। कुनै पनि व्यक्तिमाथि कुनैपनि बहानामा कुनैपनि ब्यक्ति वा समूहद्वारा कुटपिट हुनु संविधान, कानुन र मानव अधिकारको हनन् हो।’

परिवार दलले कुनै व्यक्तिमाथि गरिने यस्ता आक्रमणले लोकतन्त्र र विधिको शासनमा समेत असर पर्ने र समाजमा अपराधिक क्रियाकलाप बढ्ने भन्दै सचेत रहन र दोषीमाथि कारबाही गर्न नेपाल परिवार दल सरकारसँग माग गरेको छ।

साथै घाइतेको स्वास्थ्य लाभको कामना पनि गरेको छ। शनिबार चितवनमा अभियन्ता ज्ञानेन्द्र शाहीमाथि नेकपा समर्थित कार्यकर्ताले आक्रमण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *